बिदा मनाउन गएका बालबालिका चढेको डुंगा पल्टिंदा केरलामा २१ जनाको मृत्यु

बिदा मनाउन गएका बालबालिका चढेको डुंगा पल्टिंदा केरलामा २१ जनाको मृत्यु

एजेन्सी : भारतको दक्षिणी राज्य केरलामा डुंगा पल्टिंदा कम्तिमा २१ जनाको मृत्यु भएको छ।

गए राति केरेलाको मलमपुरम जिल्लाको समुद्री किनारमा पर्यटकहरु चढेको दुई तल्ले डुंगा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु रहेको बताइएको छ। विद्यालय विदा भएका कारण उनीहरु छुट्टि मनाउन गएका थिए।

करिब ४० जना सवार डुंगा अत्यधिक भारका कारण दुर्घटना भएको बताइएको छ। 

दुर्घटनास्थलमा उद्धार गरिएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृत्तकको संख्या अझ बढ्न सक्ने बताइएको छ।

वैशाख २५, २०८० सोमबार ०८:५९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।