मेस्सीलाई निलम्बन गरेपछिको पहिलो खेलमा पीएसजी विजयी

मेस्सीलाई निलम्बन गरेपछिको पहिलो खेलमा पीएसजी विजयी

एजेन्सी : मेस्सीलाई निलम्बन गरेपछिको पहिलो खेलमा पीएसजीले जित हात पारेको छ। फ्रेन्च लिग लिडर पीएसजीले लिगको खेलमा ट्रोएसलाई ३-१ गोल अन्तरले पराजित गर्यो।

घरेलु टोली ट्रोएसलाई हराउन खेलको आठौं मिनेटमा नै एमबाप्पेले खाता खोलेका थिए। खेलको ५९ औं मिनेटमा भिटिन्हाले पीएसजीको अग्रता दुगुना पारे।

यसपछि ८३ औं मिनेटमा चाभालेरिनले ट्रोएसको लागि एक गोल फर्काए पनि तीन मिनेटपछि नै फावियनले गोल गर्दै पीएसजीको जित पक्का गरे।

यो जितसँगै लिगमा ६ अंकको अग्रता बनाएको लिडर पीएसजीले उपाधि सम्भावनालाई बलियो बनाएको छ। लिगमा पीएसजीको ३४ खेलबाट ७८ अंक पुगेको छ भने दोस्रो स्थानको लेन्सको ७२ अंक छ।

वैशाख २५, २०८० सोमबार ०८:३४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।