प्रिमियर लिगमा आर्सनलको जित, उपाधि दौडमा सिटीमाथि दबाब
एजेन्सी : इंग्लिस प्रिमियर लिग उपाधि दौडमा रहेको आर्सनलले तेस्रो स्थानमा रहेको न्युक्यासल युनाइटेडलाई २-० ले पराजित गरेको छ।
यो जितसँगै उपाधि दौडमा आर्सनल म्यान्चेस्टर सिटीमाथिको दबाबलाई कायमै राख्न सफल भएको हो।
लिगको दोस्रो स्थानमा रहेको आर्सनलले तेस्रो स्थानमा रहेको न्युक्यासललाई उसैको घरेलु मैदानमा पराजित गर्न १४ औं मिनेटमा नै कप्तान ओडगार्डले गोलको खाता खोलेका थिए।
यसपछि ७१ औं मिनेटमा एक आत्मघाती गोल उपहार पाउँदा आर्सनलले खेल सजिलै जित्यो।
यो जितसँगै आर्सनलले लिडर म्यानचेस्टर सिटीसँगको अंक दुरीलाई १ अंकमा झारेको छ। तर म्यानचेस्टर सिटीले एक खेल कम खेलेको छ।
आर्सनलको ३५ खेलबाट ८१ अंक छ भने सिटीको ३४ खेलबाट ८२ अंक छ।
वैशाख २५, २०८० सोमबार ०८:०३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।