भारतीय अभिनेता आमिर ध्यानको अभ्यास गर्न नेपाल आए

भारतीय अभिनेता आमिर ध्यानको अभ्यास गर्न नेपाल आए
तस्बिर : इन्डियन एक्सप्रेस

काठमाडौँ : बलिउड नायक आमिर खान ध्यान गर्न नेपाल आएका छन् । उनी आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सबाट नेपाल आएका हुन्।

आमिर ध्यानको लागि ११ दिनसम्म नेपालमा रहनेछन्। उनी बुढानीलकण्ठमा रहेको विपस्यना ध्यान केन्द्रमा बसेर ध्यान गर्नेछन्।

उनी विमानस्थलबाट सोझै ध्यान केन्द्रमा पुगेका थिए। यस अगाडि अभिनेत्री मनीषा कोइरालाले विपश्यना ध्यानको प्रशिक्षण लिएकी थिइन्। 

वैशाख २५, २०८० सोमबार ०१:२२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।