कम्बोडिया पठाइदिन्छु भनी ३१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

कम्बोडिया पठाइदिन्छु भनी ३१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखा नगरपालिका–१० घर भई काठमाडौँको नयाँ बसपार्क बस्ने ३१ वर्षीय सुदीप लामा तामाङलाई प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

वैदेशिक रोजगारीका लागि प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरमा २ लाख तलबमा काम लगाइदिन्छु भनी ३१ लाख रुपैयाँ ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। 

३ जना पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए।

पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ ।

वैशाख २४, २०८० आइतबार २२:०२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।