पार्टी नेतृत्वप्रति गगन थापाको दिक्दारीः अब त अत्ति भयो !

पार्टी नेतृत्वप्रति गगन थापाको दिक्दारीः अब त अत्ति भयो !
फाइल तस्वीर

काठमाडौंः कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र विद्रोह गर्ने संकेत व्यक्त गरेका छन्। 

सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्र विधि र पद्धतिबेगर हुँदै गएको भन्दै तुष पोखेका हुन्। 

उनले लेखेका छन् - कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ।

त्यसैले कहिले मौन रहेको त कहिले भित्रै आफ्ना मत र अडान राखेको भन्दै लेखेका छन्, 'साथीहरूलाई सम्झाए पनि, अब भने अति भयो ! 

स्पष्ट रूपमा नुखलाए पनि उनले पार्टीभित्रको समस्याप्रति दिक्दारी प्रकट गरेका हुन्। 

आफ्नो पक्षका नेतालाई मन्त्री नबनाइएको भन्दै संस्थापनप्रति शेखर गगन-समूह रुष्ट रहेको छ।

आज सभापति शेरबहादुर देउवापत्नी आरजु र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुसँग जोडियो अडियो सार्वजनिक भएपछि महामन्त्री थापाको यस्तो अभिव्यक्ति आएको हो। 

उक्त अडियो टेपमा आरजु र मञ्जुको नामै लिएर रकम लेनदेनबारे संवाद छ।

पार्टीले भर्खरै भएको उपनिर्वाचनमा चितवन र तनहुँमा लज्जास्पद हार बेहोरेका कारण पनि उनी थप तनावमा देखिएका थिए। 

 

वैशाख २४, २०८० आइतबार २०:४७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।