भ्रष्टाचारमा मुछिएपछि आरजुले भनिन्, 'एउटा नारीले राजनीति गर्दा पुरुषहरूलाई सह्य भएन'

भ्रष्टाचारमा मुछिएपछि आरजुले भनिन्, 'एउटा नारीले राजनीति गर्दा पुरुषहरूलाई सह्य भएन'
फाइल तस्वीर

नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफू नारी भएकै कारण हेपिएको संसदमा बताएकी छन्। 

आइतबारको संसदमा आरजुले भ्रष्टाचार काण्डमा आफूमाथि निराधार आरोपहरू लगाइएको भन्दै यो देशमा एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको कसैलाई सह्य नभएको बताइन्। 'पुरुषहरूलाई असह्य भएको छ। मैले केही बिराको छैन, म केही डराको छैन,' उनले भनिन्। 

यो भ्रष्टाचाको कुरामा हामी साँच्चीकै कत्ति सिरियस छौँ भन्ने ठूलो प्रश्न छ। म नभको दिनमा मेरो नामलाई इंगित गरेर अनेकथरी यहाँ (संसदमा) प्रश्नहरू उठेको छ र आज पनि उठेको मैले पाको छु।'

एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन, पुरुषले भनेको ठाउँमा मात्र नारीले बस्नुपर्ने, उनीहरूले भनेको मात्र हामीले भाष्य बोल्नुपर्ने उनीहरूले भनेको मात्र हामीले एक्सरसाइज गर्नुपर्ने।' 

सभामुखले आफ्नो धारणमा राख्न २ मिनेटको समय दिँदा 'अरूलाई अलि धेरै टाइम दिएको जस्तो लाग्थ्यो' बताएकी थिइन्।  

आरजुले आफ्ना श्रीमान् कांग्रेस सभापति ५/६ पटक प्रधानमन्त्री भइसकेका र आफूहरूको सम्पत्ति विवरण सरकारसँग सुरक्षित रहेको बताइन्। भनिन्, 'सबैको सम्पत्ति विवरण सरकारले राखोस्। साँच्चिकै गर्ने हो भने सबैको सम्पत्ति विवरण वेबसाइटमा राखियोस्, जनताले देखोस्।'

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाणले पैसा लिएको अडियो टेप सार्वजनिक भएको छ। 

उनीहरूले साढे दुई करोड र ६ करोड रकम लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको हो।

यो पनि

नक्कली शरणार्थी प्रकरणमा बाहिरियो अडियो, आरजु र मन्जुले ८ करोड ५० लाख लिएको दाबी

वैशाख २४, २०८० आइतबार १७:०४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।