भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरूमाथि अनुसन्धान गर्न दुई सांसदको माग

भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरूमाथि अनुसन्धान गर्न दुई सांसदको माग

भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाहरूबारे सरकारले बेलैमा जवाफ दिनुपर्ने सांसद प्रेम सुवालले बताएका छन्।

आइतबारको संसदमा सुवालले यसबारे सरकारले जवाफ दिनुपर्ने बताए। विभिन्न सञ्चारमाध्यमा आएका समाचारका शीर्षक पढ्दै उनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे पनि अनुसन्धान गर्न माग गरे। 

यस्तै उनले यसअघि पनि आएका भ्रष्टाचारका विषय छानबिन गर्नसमेत माग गरे।

फरक प्रसंगमा उनले वर्तमान सरकारले विश्वसाको मत लिनुपर्ने र नागरिकता विधेयक अहिलेको सरकारले ल्याउन नहुने तर्क गरे।  

नेताहरूले कर्मचारी फसाएः अमरेश सिंह

यस्तै आजको संसदमा स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले भुटानी शरणार्थी प्रकरणमा कर्मचारी फसेको भन्दै नेताहरूमाथि अनुसन्धान गर्नुपर्ने बताए। 

आफूसँग सबै प्रमाण भएको भन्दै भ्रष्टाचारबारे छानबिन गरी कसैलाई उन्मुक्ति दिन नहुने उनको भनाइ थियो। सबै बिचौलिया भएका भन्दै भ्रष्टाचारी सबैको प्यारो भएको हो भन्दै उनले सभामुखसमझ प्रश्न गरे।

वैशाख २४, २०८० आइतबार १६:३५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।