अमेरिकाको एक सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार, आठ जनाको मृत्यु

अमेरिकाको एक सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार, आठ जनाको मृत्यु

एजेन्सी : अमेरिकाको टेक्सस स्थित एक सपिङ मलमा भएको गोली काण्डमा ८ जनाको मृत्यु भएको छ।

सीएनएनका अनुसार एक आक्रमणकारीले मलमा अन्धाधुन्ध गोली चलाउँदा कयौं व्यक्ति घाइते भएका छन्। घाइते मध्ये केही बालबालिका समेत रहेको बताइएको छ।

अधिकारीहरुका अनुसार ती आक्रमणकारी एक्लै थिए। प्रहरीले आफ्नो कारबाहीमा ती आक्रमणकारी पनि मारिएको दाबी गरेको छ।

आक्रमणपछि सयौं मानिसलाई प्रहरीले उद्धार गरेको थियो।

वैशाख २४, २०८० आइतबार १०:५०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।