उपेन्द्र यादवले भने, 'रास्वपाले समर्थन फिर्ता लिए पनि सरकारलाई केही फरक पर्दैन'

उपेन्द्र यादवले भने, 'रास्वपाले समर्थन फिर्ता लिए पनि सरकारलाई केही फरक पर्दैन'
फाइल तस्वीर

वर्तमान सरकारकै निरन्तरतामै आफ्नो पार्टी रहेको जसपा अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। 

आज शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा यादवले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने बताए। 

रास्वपाले समर्थन फिर्ता लिए पनि सरकारलाई फरक नपर्ने उनको तर्क थियो। ‘सरकारको स्थिरता आवश्यक छ । दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैले हित हुँदैन । दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो,' उनले भने, 'सरकारले स्थिर भएर काम गर्नुपर्छ ।’ 

वैशाख २३, २०८० शनिबार २१:०६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।