कंगोमा आएको भीषण बाढीले दुई वटा गाउँ डुब्यो, १ सय ७० जनाको मृत्यु
अफ्रिकी देश कंगोमा २ दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो र बाढी आउँदा हालसम्म १ सय ७० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
रोयटर्सको रिपोर्टका अनुसार दक्षिण किभु प्रान्तको कालेहे क्षेत्रमा मे ४ मा नदीमा पानीको सतह बढेका कारण बाढी आएको थियो। जसका कारण बुसुसु र न्यामुकुवी गाउँ पानीले डुबेको छ ।
न्यामुकुवी गाउँमा बस्ने मुपेन्दाले भने,'बाढीले गाउँ नै तहसनहस भएको छ । मेरी आमा र मेरा ११ छोराछोरी पनि बगायो।'
अर्का एक व्यक्तिले भने, 'बाढी र पहिरोले हाम्रो जनजीवन अस्तव्यस्त भएको छ । हामी सबै भग्नावशेषमा हाम्रा प्रियजनहरूको खोजी गरिरहेका छौं। जनता खुला ठाउँमा सुत्न बाध्य भएका छन् ।'
किभु प्रान्तका गभर्नरले यहाँका धेरै घरहरू पूर्ण रूपमा डुबेको बताएका छन् । विद्यालय, अस्पताल पनि पूर्ण रूपमा ध्वस्त भएका छन् । खानेपानी र बिजुलीको आपूर्ति पनि ठप्प छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन्। सयभन्दा बढी मानिस अझै बेपत्ता छन् ।
तर, भग्नावशेषबाट २२६ शव निकालिएको स्थानीय नागरिक समाजले दाबी गरेको छ ।
वैशाख २३, २०८० शनिबार २०:२५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।