माओवादीको नाम अहिले ‘बत्तीस सिटे’ भाको छ : अध्यक्ष दाहाल
काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले माओवादीको सिट बत्तीस सिटे भएको बताएका छन्।
नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाले माओवादीलाई धेरै मानिसले कमजोर भनेर बत्तीस सिटे भन्न थालेको बताएका हुन्।
प्रधानमन्त्री दाहालले बत्तीस सिट भएको दललाई बहुमत सिट बनाउनका लागि पार्टी पंक्ति पुनः एकपटक गर्जिन आवश्यक रहेको बताए।
‘माओवादी कमजोर भएको छ, बत्तीस सिटे। हाम्रो नाम त्यस्तो भाछ क्या बत्तीस सिटे,’ उनले भने, ‘अब हामी एकपटक फेरि गर्जियौं भने यो बत्तीस सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ। एकतावद्ध भएर गर्जिन मात्र आवश्यक छ।’
कार्यक्रममा उनले भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारको फाइल खोल्न सुरुवात मात्र भएको बताएका छन्। उनले अहिले सुरुवात मात्र भएको र यसलाई ट्रेलरको रुपममा मात्र हेर्न आग्रह गरे।
‘अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टचारीलाई छुट दिन सकिँदैन,’ उनले भने, ‘अहिले त्यो प्रक्रिया सुरु भएको छ, यो ट्रेलर मात्रै हो, सिंगै फिल्म देखिन्छ।’
वैशाख २३, २०८० शनिबार २०:०१:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।