बेलायतका राजा चार्ल्स तृतीयले पहिरिए राजमुकुट (पाँच तस्बिर)

बेलायतका राजा चार्ल्स तृतीयले पहिरिए राजमुकुट (पाँच तस्बिर)
तस्बिर- एपी/एएपपी/गेट्टी इमेज

एजेन्सी : बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन्।

शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइदिइएको हो। कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए।

राजमुकुट लगाइदिनुअघि उनले शपथ लिएका थिए भने पवित्र तेलले अभिषेक गरिएको थियो। त्यसपछि रानी क्यामिलियालाई पनि सोही प्रक्रियाबाट रानी मेरीको राजमुकुट लगाइएको थियो। 

कार्यक्रममा राजपरिवार, विभिन्न देशका नेता, सेलिब्रिटीलगायत २ हजार २०० मानिसहरू सहभागी थिए।

त्यसपछि उनीहरू बकिङ्हम प्यालेस फर्किने कार्यक्रम छ। उनीहरू फर्किएको हेर्न हजारौं मानिसको भीड समेत लागेको बिबिसीले जनाएको छ।

उनीहरूले पछि प्यालेसको बाल्कोनीबाट सम्बोधन गर्ने बताइएको छ।

वैशाख २३, २०८० शनिबार १९:२०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।