स्रोत नखुलेको रकमसहित रौतहटबाट दुई जना पक्राउ

स्रोत नखुलेको रकमसहित रौतहटबाट दुई जना पक्राउ

रौतहट : जिल्लाको गौर नगरपालिका–२ ब्यारियलबाट स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

३ लाख १२ हजार नेपाली रूपैयाँ र २२ हजार भारतीय रूपैयाँसहित भारत बिहार सितामणी–७  बस्ने २६ वर्षीय सुजित कुमार महतोसहित दुई जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी बलसमेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा बिआर ३० एडि ३६८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२३ बैशाख, २०८०, १८:५५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।