सरकारी कागज किर्ते आरोपमा अनलाइन सन्चालक पक्राउ
काठमाडौं : सुरक्षान्युज डटकम अनलाइन समाचार पोर्टलका सञ्चालक मदन भण्डारी पक्राउ परेका छन्।
पोखराबाट काठमाडौं आउँदै गर्दा जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिलन क्षेत्रमा पक्राउ गरेको हो।
उनीमाथि सरकारी दस्तखत छाप किर्ते गरेको आरोप छ। परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धानका लागि अदालतबाट अनुमति लिएर पक्राउ गरिएको जानकारी दिए।
भण्डारी यसअघि चोरीको गाडी कारोबारको आरोपमा पक्राउ परेर केही समय जेलसमेत बसेका थिए। पछि उनले सफाई पाएका थिए।
वैशाख २३, २०८० शनिबार १६:५९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।