‘तपाईं दबाबमा पर्नुहुन्न नि?’, प्रधानमन्त्रीको जवाफ– पर्दिनँ पर्दिनँ

‘तपाईं दबाबमा पर्नुहुन्न नि?’, प्रधानमन्त्रीको जवाफ– पर्दिनँ पर्दिनँ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थीको प्रकरणमा दबाबमा नपर्ने बताएका छन्।

शनिबार सिंहदरबारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू कुनै दबाबमा नपर्ने बताएका हुन्।

‘प्रक्रिया, पद्दति र ऐन अनुसार दृढताका साथ अगाडि जान्छ। दोषी कोही नछुटुन्, निर्दोष कोही नपरून् भन्ने मान्यताबाट बोल्डलीले अगाडि गइन्छ,’ उनले भने, ‘अस्ती पनि यही विषयमा कन्सर्न थियो। आज पनि यही विषयमा कन्सर्न राख्नुभयो। मैले जनरल कुरा भनेको छु।’

तपाईं दबाबमा पर्नुहुन्न? भन्ने प्रश्नमा उनले भने, ‘पर्दिनँ, पर्दिनँ’

यस्तै एमाले अध्यक्ष ओलीले पनि रायमाझी कहाँ भएको आफूलाई जानकारी नभएको भन्दै पत्रकारलाई नै खोज्न सुझाए।

वैशाख २३, २०८० शनिबार १५:१३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।