यो ट्रेलर मात्रै हो, सिंग्लै फिल्म देखिन्छ : प्रधानमन्त्री दाहाल

यो ट्रेलर मात्रै हो, सिंग्लै फिल्म देखिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार अन्त्यका लागि अहिले भइरहेको काम ट्रेलर मात्रै भएको बताएका छन्।

शनिबार नेपाल दलित मुक्ति मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सुशासन कायम गर्नका लागि अहिलेको गरिएको कदम ट्रेलर मात्रै भएको बताएका हुन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउनेहरूलाई पक्राउ गर्ने काम भइरहँदा प्रधानमन्त्री दाहालको यस्तो अभिव्यक्ति आएको हो।

‘अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टचारीलाई छुट दिन सकिँदैन,’ उनले भने, ‘अहिले त्यो प्रक्रिया सुरु भएको छ, यो ट्रेलर मात्रै हो, सिंगै फिल्म देखिन्छ।’

प्रधानमन्त्री दाहालले गलत नीति र संस्थागत भ्रष्टाचारको कारण नै देशको आर्थिक दवावको सामना गर्नुपरेको भन्दै सुशासनका कायम गर्न उत्पीडित गर्न जागरुक भएर आनुपर्नेमा जोड दिए।

उनले माओवादीको नाम बत्तीससिटे भएको भन्दै त्यसलाई बहुमत सिट बनाउनका लागि पार्टी पंक्ति पुनः एकपटक गर्जिन आवश्यक रहेको बताए।

‘माओवादीको नाम अहिले बत्तीस सिटे छ,’ उनले भने, ‘अब हामी एकपटक फेरि गर्जियौं भने यो बत्तीस सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ। एकतावद्ध भएर गर्जिन मात्र आवश्यक छ।’

वैशाख २३, २०८० शनिबार १५:०६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।