प्रदर्शनको २१ दिन पार गर्दा पनि ‘जारी’ कै व्यापार उच्च, अन्य फिल्म छायाँमा
काठमाडौं : हाल हलमा चार नेपाली चलचित्र प्रदर्शन भइरहेकामा अन्यको तुलनामा प्रदर्शनको २१ दिन पार गर्दा पनि ‘जारी’ कै व्यापार लोभलाग्दो छ।
चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ ले प्रदर्शनको २१ दिन पार गर्दा १५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।
शुक्रबार र शनिबार हुने व्यापारको सङ्केतसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ।
वैशाख १५ गतेदेखि प्रदर्शनमा आएका ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ को भने सो सङ्ख्या घट्नाका साथै दर्शक पनि घटेका छन्।
प्रदर्शनको एक साता पार गर्दा ‘नाईं नभन्नु ल ६’ ले रु २५ लाख र ‘प्रसाद २’ ले रु ७० लाखको व्यापार गर्न सफल भएको छ।
यस्तै वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ ले दुई दिनमा रु २० लाखको हाराहारीका व्यापार गरेको छ। नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य चलचित्र पनि दर्शकको रोजाइमा पर्न नसकेको देखिन्छ।
वैशाख २३, २०८० शनिबार १२:३०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।