बिनाअनुमति साउदी गएकोमा मेस्सीले मागे माफी

बिनाअनुमति साउदी गएकोमा मेस्सीले मागे माफी

एजेन्सी : अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीले क्लब (पीएसजी) सँग अनुमति नलिइकन साउदी अरबको भ्रमण गर्न गएकोमा माफी मागेका छन्।

बिनाअनुमति साउदी जानुमा आफ्नो गल्ती रहेको स्विकार्दै उनले क्लब र क्लबका साथीहरुसँग माफी मागेका हुन्। बिनाअनुमति साउदी अरबको भ्रमणमा गएकोमा क्लबले उनलाई दुई साताको निलम्बन गरिसकेको छ।

यस भ्रमण लगत्तै खेलेको खेलमा मेस्सीसहितको पीएसजी लोरिएन्टसँग ३–१ ले पराजित भएको थियो।

‘मैले जे गरें त्यसका लागि म माफी माग्न चाहन्छु। बाँकी क्लबले के निर्णय गर्छ म त्यसको प्रतीक्षामा छु,’ मेस्सीले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै भनेका छन्।

यो सिजनको अन्त्यसँगै उनी पीएसजी छाड्ने तयारीमा छन्। ३५ वर्षीय मेस्सीको पीएसजीसँगको सम्झौता यसै सिजन सकिंदैछ भने दुवै पक्षले सम्झौता बढाउन रुचि देखाएका छैनन्।

वैशाख २३, २०८० शनिबार ०९:३४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।