शनिबार १५ मंसिर, २०८१
पाकिस्तान बन्यो विश्व नं. १ एकदिवसीय क्रिकेट टिम
एजेन्सी : पाकिस्तान विश्व नं. १ ओडीआई (एकदिवसीय ) क्रिकेट टिम बन्न सफल भएको छ।
न्युजिल्यान्डसँगको चौथो एकदिवसीय खेलमा १०२ रनको सानदार जितसँगै पाकिस्तान आइसीसीको ओडिआई वरियतामा शीर्षस्थानमा उक्लिएको हो।
पाँच खेलको न्युजिल्यान्डसँगको एकदिवसीय सिरिजमा पाकिस्तानको यो लगातार चौथो जित हो।
जितपछि वरियतामा २९ खेलबाट ११३ रेटिङकासाथ पाकिस्तान शीर्षस्थानमा उक्लँदा अष्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा छन्।
नेपाल वरियताको १४ औं स्थानमा कायमै छ।
वैशाख २३, २०८० शनिबार ०८:०३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।