रास्वपा सरकारमा नजाने, प्रचण्ड सरकारलाई दिएको समर्थन पनि फिर्ता
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
आज बसेको पार्टीको केन्द्रीय र संसदीय दलको संयुक्त बैठकको यस्तो निर्णय गरेको हो।
नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चले पार्टीका सभापति रवि लामिछानेलाई अनागरिक ठहर गरेपछि रास्वपाले सरकार छाड्नुको कारण बनेको थियो।
सभापति लामिछाने सरकारबाट बाहिरिनुपरेपछि पार्टीबाट गएका अन्य मन्त्रीहरूले सरकार छाड्नुपर्ने रास्वपाले निर्णय गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा रास्वपाले गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय पाएको थियो।
वैशाख २२, २०८० शुक्रबार १९:४०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।