'गजनी २' बनाउने आमिरको इच्छा, अल्लु अर्जुनका बुवासँग पटक पटक भेटघाट

लाल सिंह चड्ढा बक्स अफिसमा फ्लप भएपछि आमिर खानले दैनिक फिल्मबाट ब्रेक लिन थालेका छन्।
गत वर्ष आमिरले 'च्याम्पियन्स' फिल्मको घोषणा गरेका थिए तर त्यो अलपत्र परेको थियो । यसैबीच आमिर छिट्टै काममा फर्किने तयारी गरिरहेका भारतीय सिने पत्रिकाहरूले लेखेका छन्।
आमिर २००८ को सुपरहिट रिभेन्ज ड्रामा फिल्म 'गजनी'को सिक्वेल बनाउन लागिपरेका छन्। यतिबेला उनी फिल्मबारे निर्मातासँग छलफल पनि गरिरहेका छन् । यद्यपि यस विषयमा आमिरको तर्फबाट आधिकारिक जानकारी भने आइसकेको छैन ।
पिपिङमुनको रिपोर्टअनुसार 'गजनी २' का लागि आमिर खानको ध्यान दक्षिण भारतीय कलाकारतर्फ ढल्किएको छ।
अभिनेता अल्लु अर्जुनका पिता अल्लु अरविन्दसँग आमिरले काम गर्ने इच्छा राखेका छन्। त्यसैले उनीसँग कुरा गर्न उनी धेरै पटक हैदराबाद पुगेका छन्।
फिल्मलाई लिएर यी दुईबीच चर्चा चलिरहेको छ । स्रोतका अनुसार गत हप्ता पनि आमिरले अल्लु अरविन्दलाई भेटेका थिए । दुवैले धेरै प्रोजेक्टबारे कुरा गरेका थिए। दुवै सँगै काम गर्न निकै उत्साहित छन् ।
अल्लु अरविन्द र आमिरबीच ४-५ महिनादेखि पटक–पटक भेट हुँदै आएको छ । तर आयोजनासँग सम्बन्धित सबै कुरा गोप्य राखिएको छ ।
यस परियोजनामा यी दुईबीच धेरैपटक कुराकानी भए पनि आधिकारिक जानकारी दिइएको छैन। आमिर र अल्लु अरविन्द दुवै सञ्जय सिंघानियाको कथालाई अगाडि बढाउन चाहिरहेका छन्।
वैशाख २२, २०८० शुक्रबार १९:१३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।