आफ्नो देशको झण्डा खोसेपछि युक्रेनी सांसदले रुसका प्रतिनिधिलाई मुड्कीले हाने
युक्रेनी सांसदले रुसका प्रतिनिधिलाई मुक्का हानेका छन् ।
यो घटना अंकारामा ब्ल्याक सी इकोनोमिक को-अपरेसनको बैठकमा भएको हो।
यहाँ भेटका क्रममा फोटो सेरेमनी चलिरहेको थियो । युक्रेनी सांसद अलेक्जेन्डर मारिकोवस्की युक्रेनको झण्डा बोकेर उभिएका थिए । त्यसपछि रुसी प्रतिनिधिले उनको हातबाट झण्डा खोसेर फ्याँकिदिए र अघि बढे ।
युक्रेनी सांसद मारिकोवस्की रिसाए। उनले रुसी प्रतिनिधिलाई पछ्याए र पछाडिबाट मुक्का हाने।
दुवैबीच झगडा भयो। मारिकोवस्कीले घटनाको एक भिडियो पोस्ट गर्दै लेखेका छन्- रुसी प्रतिनिधि यो मुक्काको हकदार थिए ।
सो भेटमा काला सागर क्षेत्रका देशका प्रतिनिधिहरूबीच आर्थिक, प्राविधिक र सामाजिक विषयमा बहुपक्षीय र द्विपक्षीय सम्बन्ध कायम राख्ने उपायबारे छलफल भएको थियो ।
ब्ल्याक सी इकोनोमिक कोअपरेशन ३० वर्षअघि अर्थात् १९९२ मा स्थापना भएको थियो।
वैशाख २२, २०८० शुक्रबार १८:५६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।