जेठ १ मा ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’

जेठ १ मा ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’

तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ प्रति सहभागी हुने क्रम बढ्दो रहेको आयोजक संस्था सनुर्भी इन्टरनेसनल प्रालिले जानकारी दिएको छ ।

काठमाडौँमा प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा काठमाडौँसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० बाट ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले प्रस्तिस्पर्धा गरिरहेको संस्थाका नेपाल निर्देशक सन्तोष उपाध्यायले जानकारी दिए। 

'म आफैँ प्रतियोगीको रूपमा मिस एन्ड मिस्टर सुप्रानेसनल’ मा सहभागी भएर चौथो बनेपछि अवसरको सिर्जना गर्नुपर्छ भनेर यसलाई नेपालमा सुरु गरेको हुँ । यसपटक मैले मिस ग्लोब र मिस्टर इन्टरनेसनलको शीर्षकसमेत थपेको छु',निर्देशक उपाध्यायले भने, 'हामीले प्रतियोगिता निष्पक्ष होस् भनेर अन्तर्राष्ट्रिय विजेतालाई नै निर्णायकसमेत बनाउने गरेका छौँ । हामीप्रति बढिरहेको विश्वासले हामीलाई थप दायित्वबोध गराएको छ ।'

उनका अनुसार प्रतियोगिताको निर्णायकमा ‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्ग्कार हुन्। उनी आउँदो साता नै नेपाल आउनेछन्। 

प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगितामा २ पुरुष र २ महिला गरेर चार विजेता छानिनेछन् । जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रन्यासनल र मिस्टर इन्टरनेसनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रन्यासनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।

वैशाख २१, २०८० बिहीबार २१:१२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।