स्कुलमा अन्धाधुन्ध गोली प्रहार गरी १३ जनाको हत्या, आफैँले गरे प्रहरीलाई फोन

स्कुलमा अन्धाधुन्ध गोली प्रहार गरी १३ जनाको हत्या, आफैँले गरे प्रहरीलाई फोन

एजेन्सी : सर्वियाको राजधानी बेलग्रेडमा एक किशोरले स्कुलमा अन्धाधुन्द गोली प्रहार गरी १३ जनाको हत्या गरेका छन्।

यस्तै, गोली प्रहारबाट ६ बालबालिका र एक जना शिक्षक घाइते भएका छन्। मारिनेहरुमा आठ जना विद्यार्थी र पाँच जना स्कुलका सुरक्षा गार्ड रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

बेलग्रडस्थित एक प्राथमिक विद्यालयमा पढ्ने १३ वर्षीय ती किशोरले बुधबार बिहान कक्षा सुरू हुनासाथ गोली चलाएका थिए।

सुरूमा गार्डमाथि गोली हानेर उनी कक्षामा प्रवेश गरी सहपाठीहरूमाथि गोली प्रहार गरेका थिए। त्यसपछि अर्को कोठामा गएर गोली प्रहार गरेका थिए।

उनलाई रोक्न आएका सुरक्षा गार्डहरुमाथि पनि गोली चलाएका थिए। कक्षामा मारिनेहरूमा सात जना छात्रा र एक छात्र रहेको बताइएको छ।

गोली प्रहार गरेपछि उनी आफैँले प्रहरीलाई खबर गरेर गिरफ्तार गर्न भनेका थिए।

वैशाख २१, २०८० बिहीबार १०:२८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।