फक्रँदै परिणिती र राघवको प्रेम, आईपीएल हेर्न पुगे मोहाली
एजेन्सी : आम आदमी पार्टी (आप)का नेता राघव चड्ढा र बलिउड अभिनेत्री परिणिती चोपडाको सम्बन्धलाई लिएर विगत केही समयदेखि व्यापक चर्चा छ।
यसैबीच उनीहरू बुधबार इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार घरेलु टोली पञ्जाब किंग्स र मुम्बई इन्डियन्सबीचकाे खेल हेर्न मोहालीमा देखिएका छन्।
गत महिनादेखि यी दुई सेलिब्रेटीको इन्गेजमेन्ट भएको चर्चा चर्को रूपमा चलिरहेको छ। तर, हल्ला र बहसका बीच गत महिना राघव चड्डालाई यसबारे प्रश्न गर्दा उनले ‘म तपाईंलाई जानकारी गराउँछु’ भन्दै टारेका थिए।
राघव र परिणिती दुवै पहिलो पटक मुम्बईको एक रेस्टुरेन्टमा एक महिना अघि डिनरमा सँगै भेटिएको सार्वजनिक भएको थियो। त्यसपछि उनीहरू सार्वजनिक जीवनमा धेरैपटक सँगै देखिँदै आएका छन्।
यद्यपी दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर केहि भनेका छैनन् तर प्रारम्भिक तस्विरहरू सार्वजनिक भएपछि आम आदमी पार्टीका नेता सञ्जीव अरोराले सामाजिक सञ्जालमा दुवैलाई बधाई दिएका थिए।
तर, अहिले फेरि एकपटक सार्वजनिक जीवनमा यी दुवै सँगै देखिने भएपछि फ्यान र मिडियाको कौतुहलता बढेको छ। मोहाली रंगशालाका तस्विरको प्रभाव सामाजिक सञ्जालमा प्रष्टैसँग देखिएको छ। दुवैको तस्बिर अहिले भारतमा निक्कै भाइरल बनेको छ।
वैशाख २१, २०८० बिहीबार ०८:५८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।