रूसको आरोपः युक्रेनले हाम्रा राष्ट्रपति पुटिनको घरमा ड्रोन आक्रमण प्रयास गर्‍यो

रूसको आरोपः युक्रेनले हाम्रा राष्ट्रपति पुटिनको घरमा ड्रोन आक्रमण प्रयास गर्‍यो

युक्रेनले आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनको घरमा ड्रोन आक्रमणको प्रयास गरेको रूसले आरोप लगाएको छ ।

आक्रमणपछि रुसी पक्षबाट भनिएको छ, 'हामी यसलाई आतंकवादी हमला मान्दछौँ । राष्ट्रपतिको हत्या गर्ने षडयन्त्र थियो।'

रुसी सरकारले मे ९ मा आयोजना हुने विजय दिवस परेडको पूर्वसन्ध्यामा आक्रमण भएको र विदेशी पाहुनाहरूको पनि उपस्थिति रहने बताएको छ । रूसले भनेको छ- यस आक्रमणको जवाफ दिनेछौँ। यसका लागि रुसले स्थान र समय पनि छनोट गर्ने जनाएको छ। 

रुसको यो धम्कीपछि युक्रेनको राजधानी किभमा हवाई आक्रमणको अलार्म सक्रिय राखिएको छ। अमेरिकी प्याट्रियट मिसाइलहरू यहाँ राखिएका छन्। 

आक्रमणपछि पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, 'आक्रमण हुँदा पुटिन क्रेमलिनमा उपस्थित थिएनन् । आक्रमणमा ड्रोनको प्रयोग गरिएको थियो । हाल राष्ट्रपति मस्कोस्थित आफ्नो सरकारी निवासमा उपस्थित छन् र त्यहाँबाट काम गरिरहेका छन् ।

पुटिनको व्यक्तिगत मिडिया विभाग अर्थात् प्रेसिडेन्सियल प्रेस सर्भिसको विज्ञप्तिअनुसार मंगलबार र बुधबार राति क्रेमलिनमा ड्रोनबाट आक्रमण भएको थियो ।

यसमा राष्ट्रपतिलाई कुनै हानि भएन । पुटिन पूर्णतया सुरक्षित छन् र उनको कार्य तालिकामा पनि कुनै परिवर्तन भएको छैन।

युक्रेनले भन्यो - आक्रमणको बारेमा कुनै जानकारी छैन

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले पुटिनमाथि आक्रमणको प्रयासबारे भने, 'क्रेमलिनमा कथित हमला भएको घटनाबारेमा हामीलाई कुनै जानकारी छैन। हामी केवल हाम्रो देशको रक्षा गर्दैछौं, अरूलाई आक्रमण गर्ने मनसाय छैन। यो आक्रमणको प्रयाससँग हाम्रो कुनै सरोकार छैन। रुस युक्रेनलाई ध्वस्त पार्ने बहाना मात्र खोजिरहेको छ ।'

वैशाख २०, २०८० बुधबार २१:४८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।