बेमौसमी वर्षापछि खुलेको प्रदूषित सहर (फोटो फिचर)

काठमाडौं : उपत्यकालगायत देशैभर पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण बदली भइरहेको छ।
अहिले पनि काठमाडौं उपत्यका आसपास वर्षा भएको छ।
लामो समयपछि परेको निरन्तरको वर्षाले बिरुवाहरू पालुवा पलाएका छन्। धुलो उडेर प्रदूषण बढे पनि अहिले भने उपत्यकाबासीलाई निकै ठूलो राहत मिलेको छ।
वैशाखको उत्तरार्द्ध समय भए पनि चिसो बढेको छ। सामान्य तर निरन्तर परिरहेको वर्षाका कारण जनजीवन पनि प्रभावित भएको छ।
वर्षाका कारण काठमाडौंको तापक्रम बुधबार राति १४ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ।
वैशाख २०, २०८० बुधबार १९:२९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।