फेरि भ्वाङ पर्यो पृथ्वी राजमार्ग, १२ बजेदेखि सवारी आवागमन बन्द

फेरि भ्वाङ पर्यो पृथ्वी राजमार्ग, १२ बजेदेखि सवारी आवागमन बन्द

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ।

बन्द भएको १८ घण्टापछि हिजो (मंगलबार) दिउँसोदेखि एकतर्फी खुलेको राजमार्ग बुधबार १२ बजेदेखि फेरि बन्द भएको छ।

धुनिबेशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुवैतर्फी सवारी आवागमन बन्द भएको छ।

नयाँ पुल निर्माणको लागि फाउण्डेसन खन्ने क्रममा पुरानो पुलको फाउण्डेसन भएको जमिन भासिन पुगेको हो। त्यही जमिन भासिएको ठाउँमा ग्याबिन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो। 

अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन्। एकतर्फी सडक सञ्चालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन।

वैशाख २०, २०८० बुधबार १३:२५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।