पीएसजीद्वारा लियोनल मेस्सी दुई साता निलम्बित

पीएसजीद्वारा लियोनल मेस्सी दुई साता निलम्बित

एजेन्सी : अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दुई हप्ताका लागि निलम्बन गरेको छ।

क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेपछि उनलाई क्लबले कारबाही गरेको हो। अब उनले पीएसजीका २ वटा खेल गुमाउने भएका छन्।

पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ। सम्झौता सकिनु र मेसीले सम्झौता नवीकरणको प्रतिक्षा गरिरहेका बेला उनीमाथि कारबाही भएको हो।

निलम्बनको समयमा क्लबमा प्रशिक्षणसमेत गर्न नपाउने मेस्सीले यो समयको पारिश्रमिक पनि पाउने छैनन्।

साउदी अरबको भ्रमणमा जान अनुमति मागे पनि क्लबले उनलाई अनुमति नदिएपछि उनी जबरजस्ती त्यसतर्फ गएका हुन्।

साउदी अरबको पर्यटन बोर्डको अफिसियल ब्राण्ड एम्बेसडर त्यहाँ भएको पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन्।

वैशाख २०, २०८० बुधबार ११:५९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।