सुनको मूल्यमा भारी वृद्धि, चाँदीमा पनि उस्तै
काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य भारी वृद्धि आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार मंगलबारको तुलना बुधबार सुनको मूल्य तोलामै १८ सय रुपैयाँले बढेको छ।
मंगलबार १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १ लाख १० हजार ६ सय रुपैयाँमा कायम भएको छ।
यस्तै तेजाबी सुनको मूल्य बुधबार १ लाख १० हजार ५० रुपैयाँ कायम छ।
त्यसैगरी चाँदीको मूल्य पनि मंगलबारको तुलनामा बुधबार तोलामा २० रुपैयाँले वृद्धि भएको छ।
मंगलबार सुन तोलको १ हजार ४०५ रुपैयाँमा करोबार हुँदा बुधकार यसको मूल्य १ हजार ४२५ रुपैयाँ कायम भएको छ।
वैशाख २०, २०८० बुधबार ११:०६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।