९ वर्षीय बालकसहित पाँच छिमेकीको गोली हानेर हत्या, चार दिनपछि पक्राउ परे आरोपी

९ वर्षीय बालकसहित पाँच छिमेकीको गोली हानेर हत्या, चार दिनपछि पक्राउ परे आरोपी

एजेन्सी : अमेरिकाको टेक्सासमा आफ्ना ९ वर्षीय बालक र उनकी आमासहित पाँच छिमेकीको हत्या गर्ने संदिग्धलाई प्रहरीले हिरासतमा लिएको छ।

३८ वर्षीय फ्रान्सिस्को ओरोपेसालाई टेक्सासको कट एण्ड शुट सिटीबाट मंगलबार पक्राउ गरिएको हो। उनी घरमा लुगाको थुप्रोमुनि लुकेर बसेका थिए।

टेक्सासको ह्युस्टनमा शुक्रबार पाँच जनाको हत्या भएको थियो। आरोपितसँगको विवादपछि हत्या भएको प्रहरीको अनुमान छ।

आरोपित फ्रान्सिस्कोले आफ्नो एआर १५ सेमी अटोमेटिक राइफलले गोली चलाउने अभ्यास गरिरहेको बेला उनका छिमेकीहरूले नचलाउन आग्रह गरे।

यस विषयमा विवाद भएपछि आरोपीले छिमेकीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

टेक्सास प्रहरी अधिकारीहरूले मंगलबार पत्रकार सम्मेलन गरी हेल्पलाइनमा प्राप्त सूचनाका आधारमा आरोपीलाई पक्राउ गरिएको बताए।

अभियुक्तलाई पक्राउ गर्न सहयोग गर्नेलाई ८० हजार डलर पुरस्कारको घोषणा गरिएको थियो।

अमेरिकाका विभिन्न अनुसन्धान एजेन्सीहरूले पाँच दिनदेखि आरोपीलाई पक्राउ गर्ने प्रयास गरिरहेका थिए।

वैशाख २०, २०८० बुधबार १०:०७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।