आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं : विश्व प्रेस स्वतन्त्रता दिवस। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि ‘विण्डहक घोषणापत्र’ जारी भएको दिनको सम्झनामा मे ३ तारिखमा प्रेस स्वतन्त्रता दिवस मनाइन्छ।

सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी मुलुक नामिबियाको विण्डहक सहरमा पत्रकारको सम्मेलनले घोषणापत्र जारी गरेको थियो। त्यसैको सम्झनामा संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ। दिवसको अवसरमा पत्रकारले राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम गर्छन्। 

यो वर्षका लागि युनेस्कोले ‘भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ नारा तय गरेको छ।

नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारको प्रयोग गर्न सक्नेछ भन्ने भावका साथ यो नारा तय गरिएको छ।

वैशाख २०, २०८० बुधबार ०७:२८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।