मुस्ताङको खाजाघरमा पुसमा ५ लाख चोरी, वैशाखमा समातिए आरोपी

मुस्ताङको खाजाघरमा पुसमा ५ लाख चोरी, वैशाखमा समातिए आरोपी

काठमाडौं : मुस्ताङमा पाँच लाख रुपैयाँ चोरी गरेको आरोप लागेका एक युवकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका–२ लामाटोल ठेगाना भएका ३२ वर्षीय राजकुमार मोक्तान रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

मुस्ताङ वारागुङ गाउँपालिका–१ स्थित छिरिङ खाजाघरको झ्यालबाट प्रवेश गरी गत पुस १२ गते ५ लाख रुपैयाँ चोरी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–५ जगातिबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको छ।

१९ बैशाख, २०८०, १८:०९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।