टर्कीको गुप्तचार निकायको कारबाहीमा आईएसआईएसका प्रमुख मारिए
टर्कीको गुप्तचर निकायले सिरियामा गरेको कारबाहीमा आतंकवादी संगठन आईएसआईएसका प्रमुख अबु हुसेन अल कुरेशी मारिएका छन् ।
यो जानकारी टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नै दिएका छन् । सरकारी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा एर्दोगानले खुफिया एजेन्सीहरूले लामो समयदेखि कुरैशीको खोजी गरिरहेको बताए ।
सिरियाली सुरक्षा अधिकारीहरूका अनुसार यो कारबाही जान्दारिस सहरमा गरिएको थियो। जसलाई टर्कीले समर्थन गरेको विद्रोहीले कब्जा गरेको छ । अबु हुसैन अल कुरेशीलाई गत वर्ष नोभेम्बर ३० मा आइएसआईएसको नेता बनाइएको थियो।
जिन्दरिसका मानिसहरूले समाचार एजेन्सी एएफपीलाई टर्कीको गुप्तचर एजेन्सीले बाँझो जमिनमा बनेको मदरसामा राति अबेरसम्म अपरेशन गरेको बताए।
झडप करिब एक घण्टा चलेको थियो, त्यसपछि ठूलो आवाज आएको थियो। जसमा अबु हुसैन अल कुरेशी मारिएका थिए । यद्यपि सिरियन नेसनल आर्मीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
टर्कीको यो कारबाहीअघि अप्रिलमा अमेरिकाले उत्तरी सिरियामा कारबाही चलाएर आतंकवादी संगठन आईएसआईएसका धेरै अड्डा ध्वस्त पारेको थियो ।
र, अप्रिल १६ मा सोही क्षेत्रमा आईएसआईएसका आतंककारीहरूले ४१ जनालाई मारेका थिए। जसमध्ये २४ जना सर्वसाधारण नागरिक थिए ।
वैशाख १९, २०८० मंगलबार १२:५९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।