११८ रन पछ्छाएको नेपालको खराब सुरुवात, २२ रनमै गयो ३ विकेट
काठमाडौं : एसीसी प्रिमियर कपको उपाधिका लागि यूएईविरुद्ध ११८ रनको सहज लक्ष्य पछ्छाएको नेपालले निकै खराब सुरुवात गरेको छ।
टियु क्रिकेट मैदानमा नेपालले मात्र २२ रन जोड्दा सुरुवाती ३ विकेट गुमाइसकेको छ।
नेपालका दुवै ओपनर सस्तैमा आउट भए। कुशल भुर्तेल मात्र १ रनमा एलबीडब्लू धरापमा परे। आसीफ शेख पनि मात्र ८ रन जोड्दा एलबीडब्लू आउट भए।
यसपछि आएका कप्तान रोहित पौडेल पनि मात्र १ रनमा बोल्ड भए।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएई ३३.१ ओभरमा ११७ रनमै अलआउट भएको थियो।
सोमबार वर्षाको कारण रोकिएको फाइनल खेल आज हिजोकै अवस्थामा आज सुरु भएको थियो। यूएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको अवस्थामा वर्षाका कारण हिजो खेल रोकिएको थियो।
आज १०६-९ बाट नै ब्याटिङ थाल्दा यूएईले थप ११ रन जोडेको हो।
वैशाख १९, २०८० मंगलबार १०:१३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।