आज पहिलो बलमै विकेट लिए ललितको ह्याट्रिक हुने
काठमाडौं : वर्षाको कारण हिजो (सोमबार) रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ।
यूएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको अवस्थाबाट नै आज खेल सुरु हुनेछ।
ललित राजवंशीले २८ औं ओभरमा लगातार दुई बलमा २ विकेट लिएर ह्याट्रिक बल फाल्नु अगाडि पानीका कारण खेल रोकिएको थियो।
आज उनैले नेपालको बलिङ थाल्दा यदि पहिलो बलमा नै विकेट लिएमा ह्याट्रिक पुरा गर्नेछन् भने यूएईको इनिङ समाप्त हुनेछ।
नेपालका लागि ललित राजवंशीले ३, करण केसी र सन्दीप लामिछानेले २/२ तथा सोमपाल कामी र गुल्सन झाले एक/एक विकेट लिएका थिए।
वैशाख १९, २०८० मंगलबार ०७:४६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।