पहिलो विकेटमै झड्का पाएका कोहलीको आक्रोशले मैदानमै लफडा
काठमाडौँ : इन्डियन प्रिमियर लिगमा लखनउलाई हराउँदै बैंगलोरले १८ रनले जित्यो।
एक सय २६ को सहज लक्ष्य पाए पनि लखनउका ब्याट्सम्यानको ब्याट चलेन। एक सय आठ रनमा सबै विकेट गुम्यो।
टस जितेको रोयल च्यालेन्जर्स बैंगलोरले ब्याटिङ रोज्दै एक सय २६ रन बनाएको थियो।
पहिलो विकेटै विराट कोहली बने ६२ रनमा। दोस्रो विकेट ७५ रनमा ढल्यो। ८० मा तेस्रो, ९० मा चौथो र एक सय नौमा पाँचौँ विकेट ढल्यो। एक सय २१ रनमा नवौँ विकेट गएको टोली २० ओभर खेल्दै एक सय २६ मा पुग्यो।
ब्याटिङ गर्न आएको लखनउको पहिलो विकेट रन लिन नपाउँदै झर्यो। ६६ रनमा पुग्दा सात विकेट झरिसकेको थियो। ७७ रन पुग्दा आठौँ विकेट गयो। १०३ मा नवौँ विकेट गएकोमा अन्तिम विकेट एक सय आठमा ढल्यो।
लखनउको विकेट खस्दा मैदानमा विराटको भावभंगी हेर्न लायक देखिएको थियो। उनी कहिले फ्लाइङ किस दिइरहेका थिए त कहिले चुप लाग्ने इसारा गरिरहेका थिए।
चिन्नस्वामी स्टेडियममा भएको खेलमा लखनउको जितपछि गौतम गाम्भिरलले भिडतिर हेरेर चुप लाग्ने इसारा गरेका थिए। कोहलीले सोमबार त्यही दोहोर्याए। यसलाई बदलाको रूपमा हेरियो।
खेलको नतिजापछि मैदानमा दुबेै टिमका खेलाडीविच हात मिलाउने क्रममा कोहलीसँग लखनउका खेलाडीको विवाद भयो। कायल मेयर्सले कुरा गरिरहँदा गौतम गाम्भिरले तानेर लैजान्छन्।
एक्कासि गाम्भिर सन्कँदै कोहलीतिर आउँछन्। खेलाडीले रोक्न खोज्छन्। दुबैविच भिडमेै विवाद हुन्छ।
वैशाख १९, २०८० मंगलबार ००:३८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।