सलमानको फिल्म 'किसिका भाइ किसिका जान'ले ११ दिनमा कमायो १ सय करोड
यस वर्षको इदमा रिलिज भएको सलमान खानको फिल्म ‘किसीका भाइ किसी की जान’ सय करोड क्लबमा प्रवेश गरेको छ ।
दोस्रो आइतबार फिल्मले ४.३५ करोड कमाएको थियो । अहिले फिल्मको कुल कलेक्सन १००.२८ करोड भारु पुगेको छ ।
तर, सलमानका अघिल्ला फिल्मभन्दा यो निकै कम हो।
सलमानका पछिल्ला केही फिल्मको रेकर्ड हेर्दा ती सबैले पहिलो हप्तामा १०० करोडभन्दा बढी कलेक्सन गरेका थिए ।
सन् २०२३ मा अहिलेसम्म १०० करोड भारु वा सोभन्दा बढी कलेक्सन गर्ने तीन वटा हिन्दी फिल्म छन् ।
सलमानका यसअघिका फिल्म ‘भारत’ले पहिलो हप्ताको अन्त्यसम्म करिब १८० करोड कमाइसकेको थियो ।
यसबाहेक 'दबंग ३' ले रिलिजको पहिलो सात दिनमा १२१ करोडभन्दा बढी कलेक्सन गरेको थियो । 'रेस ३' ले पनि पहिलो हप्तामा १४० करोडभन्दा बढी कमाएको थियो ।
'टाइगर जिन्दा हे'ले पहिलो हप्तामा २०६.०४ करोड भारु कमाएको थियो ।
'ट्युबलाइट' जस्ता फ्लप फिल्मले पनि पहिलो हप्तामा १०६ करोड भारु कमाएको थियो ।
वैशाख १८, २०८० सोमबार २२:४९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।