निश्चलले स्वस्तिमालाई लिएर ‘दिमाग खराब’ बनाउने
काठमाडौँ : फिल्म ‘लूट २’ ले 'लुट'को साखमा धक्का दिएपछि निर्देशन भन्दा अभिनयतिर लागेका निर्देशक निश्चल बस्नेतले नयाँ फिल्मको नाम सार्वजनिक गरेका छन्।
अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछाने अनि विजय बरालसहित उनले 'दिमाग खराब' फिल्म बनाउने घोषणा गरेका छन्।
लुटले वाहवाही पाए पनि लुट-२ ले भने उनको प्रशंसकको दिमाग खराब बनाएको थियो। निर्देशनमा लामो विश्रामपछि बनाउन लागेको फिल्मको नाम समेत दिमाग खराब नै राखेका छन्।
फिल्मको निर्माण टोलीमा सुसन प्रजापति छायाङ्कनमा, आकाश बरालको पटकथा, जयन जे वाइबा र कालीप्रसाद बाँस्कोटाको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन रहने सार्वजनिक पोस्टरमा उल्लेख छ।
फिल्मका कार्यकारी निर्माता सुरज बम ठकुरी हुन्। रौनक विक्रम कँडेलको निर्माणमा बन्ने फिल्मको रिलिज मिति कार्तिक ४ राखिएको छ।
वैशाख १८, २०८० सोमबार २१:४८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।