रास्वपाले संसदीय दलको सचेतक निशा डाँगीलाई बनायो

रास्वपाले संसदीय दलको सचेतक निशा डाँगीलाई बनायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ ।

रास्वपाको संसदीय दलको आज बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

'हाम्रो पार्टीमा प्रमुख सचेतकका रुपमा म कार्यरत छु', उनले भने, 'निशा डाँगीलाई आज सचेतक बनाउने निर्णय गरेका छौँ ।'

बैठकले सभापति रवि लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गरेको छ । नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेले सांसद पद गुमेको थियो । उपनिर्वाचनबाट उनी फेरि सांसद भएका आएका हुन्। 

वैशाख १८, २०८० सोमबार २१:१३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।