धार्केको पुल मर्मत गरिँदै, रातभर काम हुने
काठमाडौं : धादिङको धुनीबेशी नगरपालिका–६ धार्केस्थित गणेश खोलामा रहेको पुल भासिँदा ठप्प भएको सवारी अवागमनका लागि पुल मर्मतको काम भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अपरान्ह ४ बजेदेखि पूर्ण रुपमा बन्द भएको सवारी आवागमनका लागि पुल मर्मतको काम भइरहेको छ। काम अहिले पनि जारी रहेको धार्केबाट शिवराज आचार्यले जानकारी दिए।
पृथ्वी राजमार्ग भएर चल्ने दुबै तिरको सवारी साधन यतिबेला रोकिएका छन्। निर्माण कार्य नसकिँदासम्म सवारी आवागमन नहुने भएकाले सर्वसाधारणलाई अहिले यात्रा नगर्न प्रहरीले सुझाव दिएको छ।
सोमबार दिउँसोदेखि पानी परेपछि पुल भासिएको थियो।
वैशाख १८, २०८० सोमबार १९:४९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।