बालिका बलात्कार आरोपमा दक्षिणकालीका पुरुष पक्राउ

बालिका बलात्कार आरोपमा दक्षिणकालीका पुरुष पक्राउ

काठमाडौं : १२ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका–८ छैमले घर भएका ३७ वर्षीय पूर्ण बहादुर बलामी रहेका छन्। उनलाई आइतबार विहान प्रहरीले पक्राउ गरेको हो।

बलामीले ती बालिकालाई वैशाख १० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

वैशाख १८, २०८० सोमबार १९:३२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।