रास्वपाको संसदीय दलको नेतामा पुनः रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा रवि लामिछाने चुनिएका छन्।
सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई दलको नेता चयन गरेको हो।
त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो।
त्यसअनुसार नै सर्वसम्मत रूपमा लामिछानेलाई दलको नेता चयन गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
१० वैशाखको उपचुनावमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए।
वैशाख १८, २०८० सोमबार १७:३३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।