रास्वपा संसदीय दलको नेतामा रवि लामिछानेको नाम सिफारिस

रास्वपा संसदीय दलको नेतामा रवि लामिछानेको नाम सिफारिस

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई नियुक्त गर्ने भएको छ।

पार्टी केन्द्रीय समितिको बैठकले संसदीय दललाई लामिछानेको नाम सिफारिस गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

अहिले ३ बजे बस्ने संसदीय दलको बैठकले लामिछानेलाई दलको नेता नियुक्त गर्ने उनले जानकारी दिए।

लामिछाने नागरिकता मुद्दामा पदमुक्त भएपछि दलको नेतामा डोलप्रसाद अर्याल नियुक्त भएका थिए।

लामिछाने उपनिर्वाचनबाट निर्वाचित भएर आएपछि अर्यालले राजीनामा दिइसकेका छन्।

वैशाख १८, २०८० सोमबार १५:०१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।