निर्मल पुर्जाको ‘ईलाइट एडभेन्चर’को सम्पत्ति रोक्का गर्न अदालतको आदेश

निर्मल पुर्जाको ‘ईलाइट एडभेन्चर’को सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं : निर्मल पुर्जाको ‘ईलाइट हिमालयन एडभेन्चर प्रालि’को सम्पत्ति रोक्का गर्न काठमाडौ‌ं जिल्ला अदालतले आदेश दिएको छ।

कम्पनी सञ्चालकहरु निर्मल पुर्जाको १८ हजार ७५० कित्ता सेयर, अर्का लगानीकर्ता मिङ्मा तेन्जी शेर्पाको १ हजार २५० कित्ता र मिङ्मा ग्याबु शेर्पाको ५ हजार कित्ता सेयर रोक्का गर्ने आदेश अदालतले दिएको हो।

त्यस्तै कम्पनीको नाउँमा एभरेष्ट बैंकको खातामा रहेको ५९ लाख ५४ हजार ५ सय ३१ रकम समेत रोक्का गर्न आदेश दिइएको छ।

निर्मल पुर्जाले अनधिकृत तरिकाले आफ्नो घरमा ग्यास सिलिण्डर भण्डारण गरेको र विष्फोट भएको भन्दै घरधनी टंक घिसिङले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि अदालतको यो पहिलो आदेश आएको हो।

निर्मल पुर्जाको समेत लगानी रहेको ईलाइट हिमालयन एडभेन्चर प्रालिको कार्यालय रहेको कपनस्थित घिसिङको घर गएको असोज ५ गते विस्फोटक पदार्थ पड्किएर जलेको थियो।

कपनस्थित राममन्दिर लसुनटारमा रहेको आफ्नो घरमा भाडावालाले अनधिकृत रूपमा सिलिण्डर भण्डारण गरेको आरोप उनले लगाएका छन्।

सिलिण्डर विस्फोटनबाट भएको क्षतिपूर्ति दाबी गर्दै घिसिङले मुद्दा हालेका हुन्। 

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को कित्ता नम्बर १४५ को एक रोपनी जग्गामा बनेको उक्त साढे दुई तले आरसीसी पक्की घर विष्फोट हुँदा पूर्ण रूपमा ध्वस्त भएको थियो।

सम्बन्धित समाचार:-

वैशाख १८, २०८० सोमबार १४:११:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।