धरापमा पर्दै यूएईको इनिङ, मात्र ५१ रनमा ५ विकेट खस्यो

धरापमा पर्दै यूएईको इनिङ, मात्र ५१ रनमा ५ विकेट खस्यो

काठमाडौं : एसीसी प्रिमियर कपको फाइनलमा नेपालले सानदार सुरुवात गरेको छ।

नेपालको धारिलो बलिङ सामु यूएईले १४ औं ओभरमा मात्र ५१ रनमा सुरुवाती ५ विकेट गुमाइसकेको छ।

खेलमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका हुन्। उनले यूएईका ओपनर तथा कप्तान मोहमद वासिमलाई मात्र ११ रनमा आउट गरे।

यसपछि करण केसीले अर्का खतरनाक ब्याटर वृत्य अरविन्दलाई पनि मात्र ८ रनमा पेभोलियनको बाटो देखाए।

अर्का ओपनर आर्यन लाक्रालाई १३ रनमा करणले नै आउट गर्दा रमिज सहेजादलाई ललित राजवंशीले मात्र १ रनमा फिर्ता पठाए।

रोहन मुस्तफा पनि मात्र २ रनमा सन्दीप लामिछानेको बलमा क्याच आउट भएका थिए।

वैशाख १८, २०८० सोमबार १०:२३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।