फाइनलमा नेपालको सानदार बलिङ, यूएईले गुमायो २८ रनमा २ विकेट
काठमाडौं : एसीसी प्रिमियर कपको फाइनलमा नेपालले सानदार सुरुवात गरेको छ।
नेपालको धारिलो बलिङ सामु यूएईले पाँचौं ओभरमा २८ रनमा सुरुवाती २ विकेट गुमाइसकेको छ।
खेलमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका हुन्। उनले यूएईका ओपनर तथा कप्तान मोहमद वासिमलाई मात्र ११ रनमा आउट गरे।
यसपछि करण केसीले अर्का खतरनाक ब्याटर वृत्य अरविन्दलाई पनि मात्र ८ रनमा पेभोलियनको बाटो देखाए।
वैशाख १८, २०८० सोमबार ०९:३४:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।