टिम डेविडले अन्तिम ओभरमा लगातार ३ छक्का हान्दा जैसवालको शतक छायाँमा

टिम डेविडले अन्तिम ओभरमा लगातार ३ छक्का हान्दा जैसवालको शतक छायाँमा

एजेन्सी : टिम डेविडले अन्तिम ओभरमा लगातार तीन छक्का हानेपछि मुम्बई इन्डियन्सले आइपिएलमा राजस्थान रोयल्सविरुद्ध ६ विकेटको रोमाञ्चक जित निकालेको छ।

टिम डेविडले विष्फोटक ब्याटिङ गर्दा राजस्थानका यशस्वी जैसवालले शतक भने खेर गयो।

खेलमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन बनाएको थियो।

जसका लागि ओपनर यशस्वी जैसवालले ६२ बलमा १६ चौका र ८ छक्कासहित १२४ रनको शतकीय इनिङ खेले।

यसपछि जितको लागि २१३ रनको विशाल लक्ष्य मुम्बईले अन्तिम तीन बल खेल्नु अगावै मात्र ४ विकेटको नोक्सानीमा पूरा गर्यो।

जसका लागि टिम डेविडले मात्र १४ बलमा २ चौका र ५ छक्कासहित अविजित ४५ रनको योगदान दिए।

अन्तिम ओभरमा जितका लागि १७ रन चाहिएकोमा उनले लगातार सुरुवाती तीन बलमा तीन छक्का हान्दै जित दिलाएका थिए।

त्यस्तै सूर्यकुमार यादवले २९ बलमा ५५ रन र क्यामरन ग्रीनले २६ बलमा ४४ रन जोडे।

यो हारपछि राजस्थानले लिगको शीर्षस्थानमा उक्लने मौका गुमाएको छ। ९ खेलमा १० अंकका साथ राजस्थान तेस्रो स्थानमा छ। जितपछि ८ खेलबाट ८ अंक नै रहेको  मुम्बई सातौं स्थानमा छ।

वैशाख १८, २०८० सोमबार ०९:२१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।