राति पनि पानी पर्ने, यस्तो छ भोलिको मौसम

राति पनि पानी पर्ने, यस्तो छ भोलिको मौसम

काठमाडौं : पश्चिमी र स्थानीय वायुको प्रभावका कारण अहिले देशभर आँशिकदेखि सामान्य बदली रहेको छ।

सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा हुनुका साथै लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

राति  सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागहरूमा सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको  सम्भावना छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशै भरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश प्रदेशका एक÷दुई स्थानमा हावा हुरीको सम्भावना छ।

राती भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

वैशाख १७, २०८० आइतबार २१:०७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।